२५ वर्षीया दुई युवतीलाई सामूहिक बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–९ का २२ वर्षीय विष्णु थारूलाई असार १५ गते गैडहवा गाउँपालिका–३ मङ्गलपुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
यसअघि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले असार ५ गते जीवन ज्ञवालीलाई गिरफ्तार गरेको थियो ।
पीडितद्वयलाई आरोपितहरूले असार २ गते खाजा खान बोलाएर फर्कने बेलामा सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा असार ४ गते उजुरी दिएका थिए ।
घटनामा संलग्न १३ जना आरोपित अझै फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्कर पोखरेलले बताए । पीडितद्वयको स्वास्थ्य परीक्षण असार ४ गते लुम्बिनी अस्पतालमा भएको थियो ।