२८ वर्षीया महिलालालाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–९ का ५३ वर्षीय किसान अधिकारीलाई असार १५ गते गिरफ्तार गरेको छ ।
पीडित आफैँले असार १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पीडित महिलालाई आरोपितले एक वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक असार १३ गते बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १५ गते भरतपुर अस्पतालमा भएको छ ।