INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ वर्षीय नेत्रबहादुर खत्रीलाई असार ९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७५ फागुन २६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात फरार भएका आरोपितलाई असार ९ गते दिक्तेल बजारबाट गिरफ्तार गरिएको इन्स्पेक्टर केशव कटुवालले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २६ गते गरिएको थियो ।

अन्य

भिडियो