१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बोदे जिल्ला अदालतले बर्साइन नपा-७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई असार १० गते ६ वर्षकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई ६ वर्षकैद सजायको फैसला गर्नुका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो ।
जिल्ला अदालतको आदेशमा आरोपित ०७५ वैशाख ७ गतेदेखि पुपर्क्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
पीडितकै घरकोठामा ०७४ चैत ९ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा चैत १० गते उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान नपा-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा ०७४ चैत १० गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७४ चैत १० गते आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको हो ।