INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाइसम्बन्धी अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा-४ का मुस्तकिम मियाँलाई असार ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिला खडग नपा-५ स्थित बगैचामा घाँस काटन गएका बेला आरोपितले जेठ २० गते बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् ।

घरपरिवारमा जानकारी नदिएकी पीडितले घटनाबारे स्थानीय गाउँका महिलाहरूलाई भने बताएकी थिइन् । गाउँले महिलाहरूले घटनाबारे ढिलो गरी असार ४ गते प्रहरीलाई जानकारी गराएसँगै इलाका प्रहरी कार्यालय कडरवोनाको टोली वास्तविकता बुझ्न पीडितको घर पुगेपछि घटना बाहिरिएको इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ ४ गते भएको छ ।

आरोपितले आफ्नो फूलबारीमा अनुमति नलिई घाँस काटिरहेको देखेपछि गाली गर्दै निकालेको रिसमा झुठा उजुरी दिएको बताए । प्रहरीमा उजुरी गर्ने महिलाहरू उनकै साथी भएको आरोपितले बताए ।

अन्य

भिडियो