INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अग्नीसाइर कृष्ण सवरण गाउँपालिका–२ मैनाकडेरीका २३ वर्षीय मो. खुर्सिद मियाँ र २२ वर्षीय गुलाब मियाँविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार ८ गते उजुरी दर्ता गरिएको छ ।

पीडितकी आमाले असार ८ गते दिएको उजुरी दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले जानकारी दिए ।

घरका अभिभावकहरू असार ८ गते बिहान खेत गएका बेला आएका आरोपितहरुले मुख थुनेर बलात्कार गरेको पीडितले बताइन् ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार ८ गते स्वास्थ्य परीक्षण भएको छ । आरोपितहरू मोटरसाइकल चढी फरार भएकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो