INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले १६ वर्षीय एक बालकविरूद्ध असार २ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकाको बयान र उजुरीपछि आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले बताए ।

काठमाडौँमा मजदुरी गर्ने आरोपितले वैशाख १५ गते पीडितलाई अपहरण गरी काठमाडौँमा लगी बलात्कार गरेको पीडितको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा असार १ गते गरिएको छ ।

आपसी सहमतिमा प्रेमिकालाई काठमाडौँ लगेको बताउँदै आरोपितले केटीका परिवारको दबाबमा पीडितले झुठो उजुरी गरेको बताए ।

अन्य

भिडियो