नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्युठान घर भई नेपाल कम्युनिष्ट पार्टिको ब्यूरो सदस्य बुलेट भनेर चिनिने ३५ वर्षीय खेम कार्कीलाई प्रहरीले असार ४ गते पोखरा मनपा-१ बगरबाट गिरफ्तार गरेको छ ।
बगरमा ग १५ प २८६८ नम्बरको मोटरसाईकलमा हिँडिरहेका बखत उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।