सरकारले अघि सारेको गुठी विधेयक खारेज गर्नुपर्ने माग सहित असार ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गरिएको छ । राष्ट्रिय सभामा पेश गरिएको उक्त विधेयक सरकारले फिर्ता लिएको भएपनि खारेज नै गर्नुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् ।
गुठी विधेयकले धर्म र संस्कृतिमाथि प्रहार गरेको भन्दै काठमाडौँका विभिन्न गुठीमा आबद्ध गुठीयार आन्दोलनमा उत्रेका हुन् । इन्सेकले उक्त आन्दोलनको पर्यवेक्षण गरेको छ ।
पर्यवेक्षण कार्यका लागि इन्सेक केन्द्रीय कार्यालयका बिमलचन्द्र शर्मा र प्रदेश ३ कार्यालयका गणेश भण्डारी सहभागी भएका थिए ।
































फोटोः बिमलचन्द्र शर्मा