INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१९ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा हनुमाननगर कङ्कालिनी नपा–१ कोशी ब्यारेजका २३ वर्षीय अनिषकुमार मण्डलविरूद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले जेठ ३१ गते उजुरी दर्ता गरेको छ ।

विवाहको आश्वासन दिई माघ २९ गतेदेखि यौन सम्बन्ध राख्ने गरेका आरोपितले हाल विवाह गर्न अस्वीकार गर्दै भारतको बिहार फरार भएकाले पीडितले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताइन् ।

पीडित युवतीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ ३१ गते स्वास्थ्य परीक्षण भएको अस्पतालका चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार पीडित हाल १८ हप्ताको गर्भवतिसमेत रहेकी छिन् । आरोपित नेपाल बाहिर रहेकाले हालसम्म गिरफ्तार हुन नसकेको एसपी मनोजकुमार यादवले बताएका छन् ।

अधिकारकर्मीहरूको सहयोगमा उजुरी दर्ता गरेकी गर्भवति पीडित राजविराजस्थित सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) मा आश्रय लिएकी छिन् ।

अन्य

भिडियो