INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्धको उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ४० वर्षीय दिपु रजकविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले जेठ ३० गते उजुरी दर्ता गरेको छ ।

घरमा कोही नभएका बेला ट्युववेलमा पानी लिने बहानामा आएका आरोपितले जेठ २७ गते राति बलात्कार गरेको भन्दै पीडितले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ ३० गते गरिएको छ । फरार रहेका आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार यादवले बताए ।

अन्य

भिडियो