नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ४० वर्षीय चन्द्रविर तिरुवा (रविकरण)लाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ ।
सिञ्जा गाउँपालिका-२ चुलेलगाउँ स्थित घरमा सुतिरहेको अवस्थामा प्रहरी आएर तिरुवालाई गिरफ्तार गरेको परिवारजनले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी सिताराम रिजालले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गर्ने केन्द्रको आदेश अनुसार नै तिरुवालाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी दिए ।
यस अघि काठमाडौँको सुन्धाराबाट गिरफ्तार भई २४ दिन टेकुस्थित महानगरीय प्रहरी परिसरको हिरासत र १२ दिन केन्द्रीय कारागारमा बसेका तिरुवा जिल्ला अदालत काठमाडौँको आदेशले ६० हजार रुपियाँ धरौटी तिरेर रिहा भएका थिए ।