INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले प्रहार गरेको गोली लागि एक जना घाइते

नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा पोखरा मनपा-१० स्थित उत्तमचोक बस्ने ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् ।

लागुऔषधको कारोवारी गर्दै गरेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीका इन्स्पेक्टर गणेश सुवेदीको टोलीले जेठ २९ गते दिउँसो थापालाई गिरफ्तार गर्न जाने क्रममा प्रहरीमाथि चिरपट हानेर भाग्न खोजेपछि गोली प्रहार गरिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी दानबहादुर कार्कीले बायाँ गोडामा गोली लागेका थापाको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको जानकारी दिए ।

गोली लागि घाइते भएका थापाको अवस्था अहिले खतरामुक्त रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुमन पौडेलले बताए ।

गिरफ्तार गरिएका थापाले लागु औषध ओसारपसार गरेको मुद्दामा कतारमा सन् २०१४ देखि सन् २०१८ सम्म कारावासको सजाय भुक्तान गरेको प्रहरीले जनाएको छ ।

मानव अधिकार आयोग निर्देशक दिपजङ्गध्वज कार्की, उपनिर्देशक नितु गर्तौला र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले जिल्ला प्रहरी कार्यालय, कास्की पुगेर घटनाका बारेमा जानकारी लिएका थिए । भेटमा एसपी कार्कीले गिरफ्तार गर्ने क्रममा प्रहरी माथिनै आक्रमणको प्रयास गरेपछि गोली चलाएको जानकारी दिएको खकुरेलले बताए ।

अन्य

भिडियो