INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २१ गते बबई गाउँपालिका-२ का २२ वर्षीय मनोज केसी भनिने मनोज खत्रीलाई ६ वर्षकैदको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले कसुर ठहर गर्दै ६ वर्षकैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको श्रेष्तेदार धनीप्रसाद प्रसाईले बताए ।

पीडित बालिकालाई खत्रीले प्रलोभन देखाएर ०७५ वैशाख २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई वैशाख २७ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा वैशाख २७ गतेगरिएको थियो ।

अन्य

भिडियो