२० वर्षीया महिलालाई बलात्कार प्रसाय गरेको घटनामा दोषी ठहरिएका बेला-६ खरदरियाका ४३ वर्षीय नन्कु यादवलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०६८ मङ्सिर २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी गरेपछि आरोपित फरार रहेका थिए ।
बलात्कारपछि फरार यादवलाई प्रहरीले चार वर्षपछि घरबाटै गिरफ्तार गरी दाङ जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०६८ मङ्सिर २३ गते प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा गरिएको थियो ।
जिल्ला अदालतले ०६९ असार ५ गते आरोपितलाई दोषी ठहर गर्दै दुई वर्ष ६ महिना सजायको फैसला सुनाएको थियो ।