२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बतासे गाविस-९ का ३५ वर्षीय सिरे तामाङलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ९ गते चौतारा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।