INSEC Online

📅 २०८३ जेष्ठ २१

धरौटीमा रिहा गरेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बर्दघाट नपा–४ का ३८ वर्षीय रमेश बस्याललाई प्रहरीले जेठ १३ गते अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।

प्रहरीले आरोपितलाई वैशाख १ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले ४० हजार रुपियाँ धरौटीमा रिहा गरे लगत्तै गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले थप अनुसन्धानका लागि गिरफ्तार गरिएको बताए ।

जिल्ला अदालतले बस्यालसँगै धरौटीमा रिहाको आदेश पाएका गङ्गाराम ज्ञवाली र अल्गु थारू धरौटी रकम बुझाउन नसकेपछि कारागारमा थुनामा रहेका छन् ।

अन्य

भिडियो