INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले कमलामाई नगरपालिका-१ डाँडीगुराँसे बाट जेठ १२ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा सर्लाही जिल्लाको हरिवनका पवन महतो र भोजपुर जिल्लाका तिर्थ राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताए । हाल उनीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

अन्य

भिडियो