विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका सल्यान जिल्ला उपाध्यक्ष १९ वर्षीय डम्मर चलाउनेलाई प्रहरीले जेठ ११ गते गिरफ्तार गरेको छ ।
सिद्ध कुमाख गाउँपालिका–२ भडारे निवासी चलाउनेलाइ सार्वजनिक हित विरूद्दको कसुर अन्तर्गत प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा गिरप्mतार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी पञ्चलाल गोलेले बताए ।