नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका भेरी ब्युरो सदस्य रातीकुशे गाउँपालिका–२ टालेगाउँ बस्ने ४२ वर्षीय हरिशचन्द्र जैसी (अनुकुल)लाई प्रहरीले जेठ ७ गते गिरफ्तार गरेको छ ।
घरमा सुतिरहेको समयमा नेता जैसीलाई प्रहरीले छापामार शैलीमा गिरफ्तार गरेको सो पार्टीका जिल्ला नेता केबी मल्लले आरोप लगाए । नेता मल्लले जैसीलाई यथाशीघ्र निशर्त रिहाई गर्न माग गरे ।
सरकारले प्रतिबन्ध लगाएका गतिविधिहरूमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु¥याएको, शान्ति सुरक्षा र अमनचयनमा खलल पार्ने काममा सक्रिय भएको आरोपमा जैसीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका इन्स्पेक्टर लोकबहादुर बिष्टले बताए ।
गिरफ्तार गरिएका जैसीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।