INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य पुनः गिरफ्तार

सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दार्माकोट गाउँपालिका– ५ का ४० वर्षीय चन्द्रबहादुर खड्कालाई प्रहरीले जेठ ७ गते पुनः गिरफ्तार गरेको छ ।

खड्काका २२ वर्षीय भतिजा ओपेन्द्र केसीले वैशाख १६ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण सम्वन्धि रिट दर्ता गराएपछि सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले जेठ ७ गते राजनीतिक आस्था राख्न पाउने संविधानमै व्यवस्था गरिएको भन्दै आस्थाका आधारमा हिरासतमा राख्न नहुने र तत्काल हिरासत मुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि दाङको घोराही उपमनपा–१५ स्थित वडा प्रहरी कार्यालयबाट रिहा गरिएका खड्कालाई प्रहरीले वडा कार्यालयको परिसरबाटै गिरफ्तार गरेको हो ।

खड्कालाई हातहतियार खर खजानासम्बन्धी मुद्दामा जेठ ८ गते सुनसरी जिल्ला पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताए । खड्कालाई वैशाख ६ गते दाङको तुलसीपुरबाट गिरफ्तार गरी हिरासतमा राखिएको थियो ।

अन्य

भिडियो