INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु श्रमिक बालिकाको उद्धार

घरेलु बालश्रमिक आठ वर्षीया बालिकालाई जेठ ८ गते विराटनगरको एक घरबाट उद्धार गरिएको छ ।

सप्तरी राजविराज जमुनीकी आठ वर्षीया पार्वती मुखियालाई विराटनगर महानगरपालिका–११ स्थित एक घरबाट उद्धार गरिएको हो ।

सप्तरी राजविराज स्थायी घर भई हाल विराटनगर–११ मा डेरा गरी बस्दै आएका तेजनारायण देवको घरमा गत चैत १५ गतेबाट घरेलु बालश्रमिकको रूपमा का मगर्दै आएकी सूचना आएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

न्यून आर्थिक अवस्था भएको परिवारीकी पार्वतीलाई पढाइदिने भन्दै ल्याएर श्रममा लगाएको, विद्यालय नपठाएको सूचना आएपछि सिविन नेपाल, मोरङ प्रहरी, विराटनगर महानगरपालिका र स्थानीय जनप्रतिनिधि सहितको टोलीले बालिकाको उद्धार गरेको हो ।

उद्घार गरेर सिविन नेपालमा राखिएकी बलिकालाई अभिभावक बोलाएर जिम्मा लगाउने र शिक्षाका लागि सहयोग गर्ने सिविनले जनाएको छ ।

बालश्रम मुक्त घोषणा गरेको विराटनगर महानगरपालिकाले भने घरेलु श्रमिमको रूपमा प्रयोग गरेको कसुरमा देव परिवारलाई कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको सिविन विराटनगरका प्रमुख बासु अधिकारीले बताए ।

अन्य

भिडियो