INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्व शिक्षकलाई खुकुरी प्रहार गरी हत्या प्रयास, आरोपित गिरफ्तार

तुर्माखाँद गाउँपालिका–८ धमाली निवासी पूर्व शिक्षक ४२ वर्षीय भीमबहादुर विष्टलाई जेठ ४ गते सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता ४० वर्षीय भीमबहादुर विष्ट र २४ वर्षीय कमल विष्टले खुकुरी प्रहार गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले जेठ ६ गते दुवै जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।

टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेका घाइते विष्टको उपचार जिल्ला अस्पतालमा गरेपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ ।

खानेपानी योजनाको विषयमा विवाद भएको र जेठ ४ गते राति करिब १० बजेतिर आरोपितद्वय लगायत अन्य ८–१० जना व्यक्तिहरू घरमा आएर मार्ने योजना बनाएको पीडित पक्षको आरोप छ ।

घाइते विष्ट शिद्धेश्वरी माविका पूर्व शिक्षक हुन् भने आरोपित भीमबहादुर विष्ट सत्तारूढ दल नेकपाका कार्यकर्ता तथा तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षका पराजित उम्मेदवार हुन् ।

अन्य

भिडियो