१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–९ का २६ वर्षीय बब्लु क्षेत्रीलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भनी पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ ३ गते उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्लले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ ३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।