INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा गिरफ्तारीमा परेकामध्ये दुई जना धरौटी बुझाएर रिहा भए लगत्तै जेठ २ गते अदालत परिसरबाटै पुन ः गिरफ्तारीमा परेका छन् ।

४७ वर्षीय फुर्वा शेर्पा र २९ वर्षीय विदुर शेर्पालाई अदालत गेटबाहिरबाट गिरफ्तार गरेको अधिवक्ता वेदनिधि पौडेलले बताए ।

दुवै जनाले अदालतमा जनही ३ लाख ५४ हजार रुपियाँको मूल्याङ्कन गरी घरजग्गाको धनीपूर्जा धरौटी बुझाएर तारेखमा छुटेको अदालतका श्रेष्तेदार केदार गौतमले बताए ।

उनीहरूलाई जेठ १० गते तारेख तोकिएको पनि प्रहरीले पुनः गिरफ्तार गरेका कारण तारेखको कारवाही बारे के हुने भन्ने निश्चित नभएको श्रेस्तेदार गौतमले बताए ।

फक्ताङलुङ गाउँपालिका–१ का फुर्वा र २ का विदुरलाई करिब महिनादिन अघि आठराई त्रिवेणी गाउँपालिका–३ स्थित हाङपाङबाट गिरफ्तार गरेको अधिवक्ता पौडेलको भनाई छ ।

अधिवक्ता पौडेलका अनुसार उनीहरूसहित मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका ३१ वर्षीय निमा शेर्पालाई एकै समयमा प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी संञ्जयसिंह थापाले गिरफ्तारबारे अनभिज्ञता प्रकट गरे ।

अन्य

भिडियो