INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा पदमपुर घर भई भक्तपुर नगरपालिका–२ सल्लाघारीका १८ वर्षीय विजय भुजेललाई वैशाख २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध वैशाख २९ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय कुमार श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २९ गते प्रसूति गृह थापाथलीमा गरिएको प्रहरीले बतायो ।

अन्य

भिडियो