INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका महत्वपुर्णः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकारको कार्यान्वयनका लागि स्थानीय तहहरूको महत्वपुर्ण भूमिका रहेको बताएका छन् ।

रामपुरमा वैशाख ३० गते सम्पन्न स्थानीय तहमा विवाद समाधान र मानव अधिकार विषयक दुई दिने गोष्ठीको समापन कार्यक्रममा बोल्दै सदस्य पौड्यालले उक्त कुरा बताएका हुन् ।

C

पाल्पाका चार ओटा स्थानीय तह पूवखोला गाउँपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका र रामपुर नगरपालिकालाई संयुक्त रूपमा हुने गरी रामपुरमा गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीमा  मानव अधिकारको परिचय, काम कर्तव्य अधिकार, मानव अधिकार, मानव अधिकार उल्लङ्घन र अपराध, स्थानीय तहको भूमिका, स्थानीय न्यायिक समितिबाट विवाद समाधान गर्दा ध्यान दिनुपर्ने कानुनी र कार्यविधिगत प्रकृया, पीडित र साक्षी संरक्षण, न्यायिक समिति, मानव अधिकारमुखी विकास पद्धति र स्थानीय तह, स्थानीय तहमा विवाद निरूपण र मेलमिलाप जस्ता विषयमा सहजीकरण गरिएको थियो ।

अन्य

भिडियो