नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मनहरी गाउँपालिका–२ ठाडोखोलाबाट वैशाख ३० गते गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेमा राक्सिराङ गाउँपालिका–९ खैराङका सूर्यबहादुर अर्याल र मनहरी गाउँपालिका–२ हाँडिखोलाका राजकुमार पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
सो पार्टीमा आबद्ध भई राज्य विरूद्धको कार्य गरेको अभियोगमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाले बताए ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको संयुक्त आग्रह
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मानव अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक