INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले तुर्माखाँद गाउँपालिका–८ धमालीबाट वैशाख २८ गते गिरफ्तार गरेको छ ।

सो पार्टीको दलित मुक्तिमोर्चाका जिल्ला सचिव ४० वर्षीय दिलिप बिक र सोही पार्टीका वैकल्पिक जिल्ला सदस्य ४५ वर्षीय नवराज धमलालाई गिरफ्तार गरेको हो ।

सार्वजनिक नैतिकता विरुद्धको आरोपमा गिरफ्तार भएका दुवै जनालाई वैशाख २९ गते जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको अछाम प्रहरीका असई हर्षबहादुर चन्दले जानकारी दिए ।

सो पार्टीका जिल्ला सचिव जयसिंहद्वारा जारी प्रेस विज्ञप्तिमा आफ्नो घरमा सुतिरहेको बेलामा अनाहकमा प्रहरीले गिरफ्तार गरेको उल्लेख छ ।

अन्य

भिडियो