नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ ।
काठमाडौँको अनागमनगरमा रहेको युनियन हाउसमा आयोजित ११ विद्यार्थी सङ्गठनको कार्यक्रमबाट निस्कँदै गर्दा अध्यक्ष ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीका अनुसार उनलाई सार्वजनिक तथा निजी सम्पतिमा भएका तोडफोडमा संलग्नता रहेको विषयमा अनुसन्धान गर्न गिरफ्तार गरी महानगरीय प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जनाएको छ ।