नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बगनासकाली गाउँपालिका–५ का २९ वर्षीय मुक्ति गैरेलाई प्रहरीले वैशाख २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गैरेलाई तानसेनको बसन्तपुरबाट गिरफ्तार गरेको एसपी विश्वमणी पोखरेलले बताए ।
गिरफ्तार परेका गैरे नेपाल कम्युनिष्ट पार्टीको सचिवलय सदस्य समेत रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।