INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रूपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले वैशाख २४ गते उजुरी दर्ता गरेको छ ।

भारत घर भई फुपू दिदीको घरमा बस्दै आएकी बालिकालाई वैशाख २१ गते आरोपितले बलात्कार गरेको पीडितले बताइन् ।

गाउँमा वैशाख २२ गते बसेको गाउँलेहरूको भेलाले आरोपितलाई मुक्त गराएपछि उनी फरार छन् । पीडितकी फुपूले जिल्ला प्रहरी कार्यालयमा वैशाख २२ गते उजुरी दिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २३ गते गरिएको छ ।

अन्य

भिडियो