सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले मानेभञ्याङ्ग गाँउपालिका–५ का ३५ वर्षीय वेकबहादुर राईलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।
मानेभञ्याङ्गमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका आरोपित प्रहरीको रेकर्डमा विप्लव कार्यकर्ता रहेकाले गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले बताए ।
सशस्त्र प्रहरी र हतियारसहितको प्रहरीको टोलीले राईलाई गिरफ्तार गरेको उनका आफन्तले बताएका छन् । निर्दोष मान्छेलाई प्रहरीले दुःख दिएको राईका आफन्तको गुनासो छ ।