INSEC Online

📅 २०८३ जेष्ठ २१

घाँटी थिचेर हत्या प्रयास गरेको आरोपमा पति गिरफ्तार

मङ्गलसेन नगरपालिका–११ बान्नातोलीकी ३२ वर्षीया लक्ष्मी खड्का (भण्डारी)लाई चैत १९ गते राति घाँटी थिचेर हत्या प्रयास गरी फरार रहेका उनका ३५ वर्षीय पति पुर्ण भडारीलाई प्रहरीले वैशाख १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले पति भण्डारीले घाँटी थिचेर हत्या गर्ने प्रयास गरेकोले कारवाही गरी पाउँ भनी चैत २१ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

गिरफ्तार गरिएका भण्डारीमाथी ज्यान मार्ने उद्योग कसुर मुद्दामा कारवाही सुरू गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

भण्डारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट युवा सङ्गठनका जिल्ला अध्यक्ष समेत रहेको जनाइएको छ ।

पतिको आक्रमणबाट घाइते बनेकी लक्ष्मीको उपचार मङ्गलसेन अस्पतालमा चैत २० गते गरिएको थियो । उनको अनुहार र शरीरका विभिन्न अङ्गमा चोट लागेको थियो ।

अन्य

भिडियो