INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपामा प्रहरीले भक्तपुर नगरपालिका–१० मुलढोकाका २६ वर्षीय सुनिल सिल्पकार र काभ्र्र्रे रोशी गाउँपालिका घर भई हाल भक्तपुर बस्ने १८ वर्षीय विशाल तामाङलाई वैशाख १४ गते गिरफ्तार गरेको छ ।

वैशाख १३ गते दिनको १ बजे जुम्ल्याह दुई छोरी हराएको भन्दै वैशाख १४ गते पीडित बालिकाकी आमाले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि खोजतलासको क्रममा वैशाख १४ गते राति ९ बजे आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले  जानकारी गराए ।

पीडित बालिकाद्वयलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १५ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको एसपी श्रेष्ठले बताए

पीडित बालिकाहरूको  स्वास्थ्य परीक्षण वैशाख १४ गते प्रसूति गृह थापाथलीमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो