२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ चम्पा टोलका २२ वर्षीय गोविन्द भनिने जोगेन्द्र रजकलाई प्रहरीले वैशाख १३ गते गिरफ्तार गरेको छ ।
पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको उजुरी वैशाख ११ गते दर्ता गरी वैशाख १३ गते आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलालाई आरोपितले ०७५ कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडितले पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुस २४ गते गरिएको थियो ।