INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला रिस्कु गाविस-४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर-३ बस्दै आएका २९ वर्षीय तुलसी भनिने तुलबहादुर मगरलाई इलाका प्रहरी कार्यालय मेलम्चीले कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई अरोपितले असोज २२ गते बलात्कार गरेको अरोपमा असोज ३० गते इलाका प्रहरी कार्यालय मेलम्चीमा मौखिक उजुरी दिएपछि सोही दिन उनको प्राथमिक स्वास्थ्य उपचार केन्द्र मेलम्चीमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाले दिएको उजुरी कात्तिक १ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो