१५ वर्षीया बालिकालाई माडी नगरपालिका–६ का ४० वर्षीय सम्शेर बिकले वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ७ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनायो । आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।