INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नपा–४ का २४ वर्षीय मदन थारुलाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीले वैशाख ६ गते दिएको उजुरीको आधारमा मदनलाई उनको घरबाटै गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय बानियाभारका इन्स्पेक्टर नेत्रबहादुर बोहराले बताए ।

पीडित युवतीको ६ महिनाको गर्भ रहेको जनाइएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख ७ गते जिल्ला अस्पताल गुलरियामा गरिएको इन्स्पेक्टर बोहराले बताए ।

अन्य

भिडियो