INSEC Online

📅 २०८३ जेष्ठ २१

राप्रपाको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप, नौ जना गिरफ्तार

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको धर्मनिरपेक्षता लेखेको ब्यानर जलाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

वैशाख ६ गते काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नौ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

राप्रपाका केन्द्रीय प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने, विद्यार्थी सङ्गठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक सङ्गठनका अध्यक्ष मणी सिंखडा, महासचिव गुणराज राजभण्डारी, सङ्गठनकै केन्द्रीय सदस्य त्रिविक्रम सिंह र जयविर राउतलाई प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तार गरिएका सबै जनालाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार हिन्दु राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष  ५५ वर्षीय नारायणबहादुर सिंह, जनसङ्घर्ष समितिका संयोजक ५० वर्षीय प्रेमशङ्कर शुक्ला र जिल्ला नेता  ५५ वर्षीय रवि गुप्तालाई प्रहरीले वैशाख ६ गते तौलिहवावाट  गिरफ्तार गरेको छ ।

राप्रपाको राष्ट्रिय कार्यक्रम अन्र्तगत भएको ¥याली प्रशासन चोकदेखि शिवमन्दिर टोल पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

धर्म निरपेक्षताको व्यानर र प्ले कार्ड जलाउने क्रममा उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावले बताए  ।

अन्य

भिडियो