विप्लव नेतृत्वको नेकपाका दुई जना केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सदस्यलाई प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ ।
तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको नम्बर नखुलेको स्कारपियो गाडीबाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य गङ्गादेव गाउँपालिका–३ रोल्पाका ५० वर्षीय आदर्श भनिने चुडामणी ओली, सोही ठाउँ बस्ने रोल्पा जिल्ला सदस्य विश्व भनिने ४५ वर्षीय लालबहादुर ओली र दार्मा गाउँपालिका–५ बस्ने पार्टीका केन्द्रीय सदस्य असल भनिने ४० वर्षीय चन्द्रबहादुर खड्कालाई दाङको तुलसीपुर उपमनपा–३ राम्री भन्ने ठाउँबाट गिरफ्तार गरिएको हो ।
गिरफ्तार गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको पीडित पक्षले जनाएको छ ।