INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२६ वर्षीया महिलालाई प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले रोल्पा जिल्ला त्रिवेणी गाँउपालिका–५ जुगार घर भई घोराही उपमनपा–१४ बस्ने २२ वर्षीय पीमलाल घर्तीविरूद्ध वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडित पक्षले दिएको उजुरी अनुसार आरोपितले पीडित महिलालाई ०७५ फागुन ५ देखि २२ गतेसम्म लगातार बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडितपक्षको उजुरी आएपछि आरोपित फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो