नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवम् आर्थिक विभाग प्रमुख हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई वैशाख ३ गते गिरफ्तार गरिएको छ ।
सो पार्टीका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाउनु अघि खत्रीले विभिन्न समयमा चन्दा आतङ्क मच्चाएको र हाल पनि त्यस्ता गतिविधिमा लुकिछिपी लागिरहेको विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । शर्मालाई कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।