INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपालका कारगारमा विदेशी नागरिक १ हजार १ सय जना

विभिन्न आपराधिक गतिविधिमा संलग्न झन्डै १ हजार १ सय विदेशी कैदीबन्दी नेपालका कारागारमा रहेका छन् ।

कारागार व्यवस्थापन विभागमा कैदीबन्दीको अभिलेख राख्न बनेको सफ्टवेयर (प्रिजन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) ले ४ सय ५८ विदेशी नागरिक जेलमा रहेको तथ्याङ्कले देखाउँछ । कारागारमा रहेका विदेशीमाथि झण्डै ३९ ओटा फरकफरक मुद्दामा सजाय भोगिरहेका छन् ।

यसरी सजाय भोग्नेमा अमेरिका, कोरिया, जापान, भारत, चीन, भुटानलगायत ३१ मुलुकका नागरिक छन् । सबैभन्दा बढी ३ सय ७३ जना भारतीय छन् ।

पाकिस्तानी १८, भुटानी १६, बंगलादेशी १०, चिनियाँ ११ र चीनको स्वशासित क्षेत्र तिब्बतका दुई जना कारागारमा छन् ।

लागूऔषध कारोबारमा संलग्न १ सय ९४ जना विदेशी नेपालका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

बलात्कार प्रयास घटनामा ५१, कर्तव्य ज्यानमा २६, मानव बेचबिखनमा १६, हतियार खरखजनामा १२, खोटाचलनमा १४ जना विदेशीले कैद भुक्तान गरिरहेको कारागार व्यवस्थापन विभागको तथ्याङ्कमा उल्लेख छ ।

अपहरण, अप्राकृतिक मैथुन, अवैध भारतीय रुपियाँ कारोबार, चोरी, ठगी, महिला बेचबिखन, सम्पत्ति शुद्धीकरण, बैङ्किङ कसुर र सार्वजनिक अपराधमा समेत विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् ।

यता काठमाडौँमा रहेको केन्द्रिय कारागार सुन्धारामा १ सय ७५ जना कैदिबन्दी छन् भने महिला २९ जना र पुरुष १ सय ४६ जना रहेका छन् भने डिल्लीबजारमा रहेको कारागारमा २२ जन कैदिबन्दी रहेका छन् ।

डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलका अनुसार विदेशी कैदीबन्दीले कारागारबाट नेपालीसरह नै सेवासुविधा पाइरहेका छन् ।

सरकारले हरेक दिन प्रत्येक कैदीबन्दीलाई ७ सय ग्राम चामल र नगद सिदाको रूपमा ६० रुपियाँ दिँदै आएको छ ।

जेलर पोखरेलले भने–‘विदेशी तथा स्वदेशी कैदीबन्दीहरूको सम्पूर्ण स्वास्थ्य उपचार सरकारले नै गर्दै आएको छ ।’

अन्य

भिडियो