INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले चैत २९ गते गिरफ्तार गरेको छ ।

उनलाई जिल्लाको सदरमुकाम तानसेनबाट दिउँसो गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए ।

बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनले रैनादेवी छहरा गाउँपालिका–६ जुठा पौवास्थित कुवाँरी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा उतीर्ण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समितिको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा गिरफ्तार गरिएको हो ।

अन्य

भिडियो