INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको सहयोगमा अस्पतालको ओपिडी टिकट वितरण सुरू

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै चैत २२ गतेबाट देशभरका सरकारी चिकित्सकहरूले अत्यावस्यक बाहेकका सेवा अवरूद्ध गरेर ओपिडी सेवा बन्द गरेको छैठौँ दिन चैत २७ गते बिहानबाट वीर अस्पताल प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएर टिकट विरतरण सुरु गरेको छ ।

अस्पताल प्रशासनले ओपिडी टिकट काटेपनि चिकित्सकहरू उपचारमा नजाने सरकारी चिकित्सक सङ्घ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेले बताएका छन् ।

उनले बिरामीहरूको समस्यालाई बुझेर चैत २७ गते बिहानैबाट अस्पताल परिसरमा उपचार गर्ने तयारीका साथ आफूहरू रहेको तर अस्पताल भित्र गएर उपचार भने नगर्ने जानकारी दिए ।

बिहान प्रहरी प्रशासनले जबरजस्ती टिकट वितरण गरेको भन्दै उक्त टिकटका आधारमा नभइ चिकित्सकहरूले अस्पताल बाहिर उपचार गरेका थिए ।

अस्पताल प्रशासनले प्रहरी लगाएर आफुहरू माथि धरपक्कड गरेको जसले गर्दा समस्या समाधान भन्दा पनि समस्या अझ बढेको बेलटार स्वास्थ्य केन्द्र उदयपुरका डाक्टर सन्तोष राईले बताए । प्रहरीको धरपक्कडबाट उनको दाया हातको पाखुरामा चोटपटक लागेको उनले जानकारी गराए ।

गोदानका अध्यक्ष पाण्डेले भने सरकारको बन्दुकको डरमा कुनै पनि चिकित्सकले बिरामी जाँच्न नसक्ने बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने सरकारी चिकित्सकहरूका माग जायज नभएको बताएका छन् ।

उनले संविधान अनुसार चिकित्सकहरूको समायोजन गर्न लागिएको भन्दै उनीहरूका माग प्रति सरकारले वार्ता गर्न जरूरी नभएको प्रष्ट पारेका छन् ।

उनले चिकित्सकहरूले अटेर गरेर सेवा अवरूद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी समेत  दिएका छन् ।

वीर अस्पताल प्रशासनले चैत २७ गते बिहान ६ बजेबाट ओपिडी टिकट खुल्ला गरेको र अस्पतालमा बिहान १० बजेसम्म ३ सय ५० भन्दा बढी टिकट काटिएको छ ।

photo20190410kathmandu (1)

photo20190410kathmandu (2)

photo20190410kathmandu (3)

photo20190410kathmandu (4)

अन्य

भिडियो