INSEC Online

📅 २०८३ श्रावण ५

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा जाहेरी

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बाबुविरुद्ध पीडित बालिकाकी आमाले चैत २५ गते इलाका प्रहरी कार्यालय, खैरहनीमा जाहेरी दिएकी छन् । आरोपित बाबुले आफ्नी छोरीलाई चार महिनादेखि निरन्तर बलात्कार गर्दै आएको र पछिल्लो पटक चैत २२ गते बलात्कार गरेको घटना सार्वजनिक भएपछि सम्पूर्ण कुरा खुल्न अएको भन्दै पीडित बालिकाकी आमाले आरोपित विरूद्ध २५ गते इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दिएको प्रहरीले बतायो ।

आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रवत्ता डिएसपी दुर्गाराज रेग्मीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २५ गते भरतपुर अस्पतालमा गरिएको डिएसपी रेग्मीले बताए ।

अन्य

भिडियो