३२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-१ का २४ वर्षीय कमल चेम्जोङविरुद्ध पीडित महिलाले कार्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपितले असोज ११ गते बलात्कार गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ । बलात्कार घटनाका आरोपित फरार रहेकोले खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कार्तिक १ गते जिल्ला अस्पतालमा गरिएको छ ।