INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजो माग्दै कुटपिट गरेको आरोपमा पतिविरुद्ध उजुरी

हनुमाननगर कङ्कालिनी नपा–३ पोर्ताहा की २२ वर्षीया पुजादेवी दासलाई २५ वर्षीय पति मन्टु दासले दाइजो माग्दै कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत २० गते उजुरी दिएकी छिन् ।

हनुमाननगर कङ्कालिनी नपा–१ भारदहस्थित सञ्जय टेलर्स पसल सञ्चालन गरी बसेका आरोपित दासले थप दाइजोका रुपमा मोटरसाइकल र एलसिडी टेलिभिजन माग गर्दै खानलाउन नदिई चैत १८ गते कुटपिट गरी घरनिकाला गरेको पीडितले बताइन् ।

आँखा र अनुहारमा चोट लागेकी पीडितको घाउजाँच राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत २१ गते गरिएको अस्पतालले जनाएको छ ।

सामाजिक परम्परा अनुसार ०७५ वैशाख १७ गते विवाहिता पीडित घरेलु हिंसाको घटनापछि बिष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुरास्थित माइतीघरमा विस्थापित भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि चैत २१ गते सक्कलै निवेदनसहित इलाका प्रहरी कार्यालय, भारदह पठाएको जनाएको छ ।

अन्य

भिडियो