INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य दाङको तुल्सीपुर उपमनपा–८ दुधेनका ४३ वर्षीय नारायण ओलीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

हाल सल्यानको कपुरकोटमा बस्दै आएका ओलीलाई चैत १९ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रहरी हिरासतमा रहेका ओलीविरूद्ध सार्वजनिक हित, सुरक्षा र नैतिकता विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

अन्य

भिडियो